कञ्चनपुर, चोरी, नकवजनी चोरी र लागूऔषध मुद्दाका फरार प्रतिवादी भिमदत्त नगरपालिका-१८ बस्ने २० वर्षीय बिक्रम कामीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले उक्त मुद्दाहरूमा ७९ हजार रूपैयाँ जरिवाना र ७ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएको छ ।



प्रतिक्रिया