काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले आफू शुद्ध नेपाली बोल्न प्रयासरत रहेको बताएकी छन् ।
बिहिबार प्रतिनिधिसभा वैठक केहीबेर सञ्चालन गर्दा उनीमाथि विभिन्न टिकाटिप्पणीहरु भएपछि सामाजिक सञ्जालमार्फत प्रष्टिकरण दिएकी हुन् ।
मातृभाषा मैथली र जन्मभूमि मधेश भएकाले आफ्नो बोली लवज र अभिव्यक्तिमा मैथिलीको मिठास झल्किनु स्वभाविक भएको उनले उल्लेख गरेकी छन् ।
‘मातृभाषा केवल संवादको माध्यम मात्र होइन, यो हाम्रो पहिचान, संस्कृति, सभ्यता, इतिहास र आत्मासँग जोडिएको अमूल्य सम्पदा हो । यसलाई म गर्वका साथ अपनाउँछु र जीवनभर सम्मान गरिरहनेछु । शुद्ध नेपाली बोल्न म निरन्तर प्रयासरत छु,’ उनले सामाजिक सञ्जालमाम लेखेकी छन् ।



प्रतिक्रिया