काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबस दुर्घटनामा परेको छ ।
दुर्घटनामा परी सात जनाको मृत्यु भएको काभ्रेका डीएसपी रवीन बिष्टले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका १७ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएहरूको धुलिखेल अस्पतालमा उपचार सुरु गरिएको छ ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।



प्रतिक्रिया