मन्त्रीको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिमा पूर्वआईजीपी खापुङको व्यंग्य–कानुनबमोजिम नै होला नि आदेश


काठमाडौं । आइतबार बिहानै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डको अनुगमन गरेका छन् ।

अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले बिजुलीका पोल सार्ने जिम्मा पाएका ठेकेदारको ‘‘खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति दिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

ईकान्तिपुरले फेसबुकमा हालेको उक्त भिडियोमा प्रहरीका पूर्वआईजीपी चन्द्रकुवेर खापुङले समेत व्यंग्य गर्दै एक टिप्पणी गरेका छन् । ‘कानुनबमोजिम नै त होला नि मन्त्री ज्युको आदेश,’ पूर्वआईजीपी खापुङले लेखेका छन् ।

पूर्वआईजीपीको कमेन्टमा २७० जना भन्दा बढीले लाइक गरेका छन् ।

अनुगमनमा गएका मन्त्री लम्साललाई सडक निर्माणको जिम्मा पाएका ठेकेदार प्रतिनिधि र आयोजनाका अधिकारीहरुले नेपाल विद्युत् प्राधिकरणले ठेक्का दिएको ठेकेदार कम्पनीले बिजुलीका पोल सार्न ढिलाइ गर्दा काम गर्न गाह्रो भएको जानकारी गराएका थिए । त्यसपछि लम्सालले भनेका थिए ‘यो बिजुलीको पोलको कन्ट्र्याक्‍ट पेपर र कन्ट्र्याक्‍टर कहाँ छ, खोजेर ल्याउनुस्। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनु, मतलब भएन। यहाँको पब्लिकले धेरै दुख पाए ।