काठमाडौं । असोज मसान्तभित्र विवरण बुझाउने कम्पनीको पुराना सबै कर र जरिवाना मिनाहा हुने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले आज एक सूचना जारी गर्दै तोकिएको म्यादभित्र विवरण नबुझाएका र अद्यावधिक नगरेका कम्पनीहरूका लागि कर, शुल्क, दस्तुर वा जरिवानामा मिनाहा हुने जनाएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ को दफा ४८ को विशेष व्यवस्था बमोजिम यो सरेस्ता र सहुलियत प्रदान गरिएको हो ।
कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भई समयमै आफ्नो कानुनी विवरण पेस नगरेका, अद्यावधिक नगरेका वा बुझाउनुपर्ने कर, शुल्क र जरिवाना दाखिला नगरेका कम्पनीहरूलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो ।
२०८३ असोज मसान्तभित्र चालू आर्थिक वर्षको विवरण र राजस्व दाखिला गरेमा सोभन्दा अघिका वर्षहरूमा लागेको वा लाग्ने सम्पूर्ण कर, दस्तुर, शुल्क तथा जरिवाना पूर्ण रूपमा मिनाहा हुने कानुनी व्यवस्था गरिएको छ ।



प्रतिक्रिया