एकैदिन साढे १० हजारले घट्यो सुनको मूल्य


काठमाडौं, असार ५ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन साढे १० हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३ सय ५ रुपैयाँले घट्दै ४ हजार ६ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको थियो ।