काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले गरिब, सीमान्तकृत समुदायहरूको नाममा यसअघिका सरकारले ल्याएको लोककल्याणकारी कार्यक्रमहरूमा एक सुका पनि कटौती नगरेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।
‘‘यदि यहाँहरूलाई त्यति आत्मविश्वास थियो कि हामीले ल्याएका कार्यक्रमहरूले यो देशको कायापलट नै गर्दै थियो, कहाँबाट यो नयाँ सरकार आयो भन्ने लागेको छ भने यहाँहरूले देश बदल्नका लागि ल्याउनुभएका कार्यक्रमहरू सबै यथावत् छन्। कहाँ काटियो रकम देखाइदिनुहोला,’ उनले विपक्षी सांसदलाई कटाक्ष गर्दै भने ।
उनले आफूले त्यस्ता कार्यक्रमलाई थप समृद्ध बनाउने काम गरेको बताए ।



प्रतिक्रिया