रास्वपा केन्द्रीय समितिको बैठक २ बजे बस्ने


काठमाडौं । रास्वपा केन्द्रीय समितिको बैठक एक घण्टा सरेको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक २ बजेमात्रै बस्ने भएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार, बैठक भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा बस्नेछ ।

भोलिदेखि रास्वपा महाधिवेशन सुरु हुँदैछ । त्यसअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो ।

बैठकमा पार्टीको पहिलो महाविधेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल जनाइएको छ ।