हुंकार मधेशले तोक्यो २१ विभागीय प्रमुखको जिम्मेवारी(सूचीसहित)


काठमाडौँ। ‘हुंकार मधेश’ ले संगठनका २१ वटा विभागीय प्रमुखको जिम्मेवारी तोकेको छ। पहिलो चरणमा संगठनका महत्वपूर्ण विभागको नेतृत्व चयन गर्दै योग्य व्यक्तिहरूलाई जिम्मेवारी प्रदान गरिएको हो।

संगठनले विभागीय प्रमुखका लागि कम्तीमा स्नातक उत्तीर्ण गरेको र सम्बन्धित विभागको विषयगत विज्ञता हासिल गरेको हुनुपर्ने प्रावधान राखेको थियो। सोही मापदण्डअनुसार सबै विभागीय प्रमुखको जिम्मेवारी तोकिएको जनाइएको छ।

जिम्मेवारी पाएका विभागीय प्रमुखहरूलाई सात दिनभित्र आ–आफ्नो कार्ययोजना, कार्यविधि तथा सयदिने कार्यक्रमको कार्यसूचीको प्रारम्भिक खाका तयार गरी पेस गर्न निर्देशन दिइएको छ। संगठनका गतिविधिलाई योजनाबद्ध र व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।

यसैबीच, हुंकार मधेशले दसैँलगत्तै झापादेखि कञ्चनपुरसम्म सयदिने हुलाकी यात्रा सुरु गर्ने कार्यक्रम तय गरेको छ। उक्त यात्रामार्फत पूर्वदेखि पश्चिमसम्मका विभिन्न क्षेत्रसँग जोडिएर संगठनका गतिविधि अघि बढाउने तयारी गरिएको छ।

हुंकार मधेशको औपचारिक घोषणा २०८३ असोज ९ गते गरिएको थियो। घोषणापछि संगठनले विभागीय नेतृत्व चयन र आगामी कार्यक्रमको तयारीलाई अघि बढाएको हो।

‘हुंकार मधेश’ अभियानका २१ वटा विभागहरू र तिनका प्रमुख (संयोजक) हरूको नामावली :

  • संवाद तथा समन्वय विभाग: राम कुमार कश्यप
  • प्रचारप्रसार तथा प्रकाशन विभाग: केशव कुमार
  • संगठन विभाग: कौशलेन्द्र कौशल
  • कानुन तथा न्याय विभाग: रत्नेश्वर सनातन
  • आइटी तथा कार्य मूल्यांकन विभाग: रोशन कुमार
  • बौद्धिक तथा पेशाकर्मी विभाग: डा. एन. एन. भारद्वाज
  • आर्थिक विभाग: सच्चिदानन्द यादव
  • अनुशासन विभाग: राजाराम मधेशी
  • प्रशिक्षण तथा नीति अनुसन्धान विभाग: मनोहर मानव
  • सहकारी, कर्पोरेट तथा उद्यमशीलता विभाग: कृष्ण कुमार
  • स्वंयसेवी सुरक्षा दस्ता विभाग: उमेश सिंह
  • युवा तथा विद्यार्थी विभाग: पंकज आनन्द
  • वैदेशिक रोजगार विभाग: मनिष कुमार
  • सूचना तथा संचार विभाग: पुष्पा प्रिया
  • संघीय मामिला विभाग: मधुमाया यादव
  • शिक्षा तथा संस्कृति विभाग: इन्द्रजित साफी
  • उद्योग, व्यापार, वाणिज्य तथा व्यवसाय विभाग: सन्दीप त्रिपाठी
  • नागरिकता तथा भुमिहिन समस्या समाधान विभाग:  अंगद यादव
  • कृषि विकास तथा अनुसन्धान विभाग: राम किशुन नायक
  • विज्ञान तथा प्रविधि विभाग: विजय महासेठ
  • सहिद तथा घाइते व्यवस्थापन विभाग: मो. युसुफ साफी