रास्वपाकाे अन्तिम केन्द्रीय समितिको बैठक सुरु


काठमाडौं । रास्वपा केन्द्रीय समितिको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक २ बजे सरेको थियो ।

अहिले बैठक भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा सुरु भएको पवक्ता मनीष झाले जानकारी दिए ।

भोलिदेखि रास्वपा महाधिवेशन सुरु हुँदैछ । त्यसअघि बसेको यो अन्तिम केन्द्रीय समिति बैठक हो ।

बैठकमा पार्टीको पहिलो महाविधेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल जनाइएको छ ।