रास्वपा महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट मात्रै २ करोड उठ्यो


काठमाडौं । रास्वपा महाधिवेशनमा सहभागी करिब ४ हजार प्रतिनिधिहरूबाट मात्रै १ करोड ९९ लाख ५० हजार रकम उठेको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा उपसमिति संयोजक लिमा अधिकारीले यसबारे केन्द्रीय समिति बैठकलाई जानकारी गराएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाले प्रति प्रतिनिधि ५ हजार शुल्क तोकेको छ । उनका अनुसार ३ हजार ९९० प्रतिनिधिले सहभागीता शुल्क बुझाइसकेका छन् ।

रास्वपाको महाधिवेशन भोलिबाट चितवनमा सुरु हुँदैछ ।