अर्थमन्त्री स्वर्णिम वाग्ले बैंकक प्रस्थान,के छ कार्यक्रम ?


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान गरेका छन् । उनी मंगलबार दिउँसो थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका हुन् ।

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा डा. वाग्लेले १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ ।

अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक गएका छन् ।

अर्थमन्त्री वाग्ले आउँदो कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।