बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने धादिङ निलकण्ठ नगरपालिका-८ रामकोट घर भएका ४९ वर्षीय बाबुराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०८१ फागुन ४ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२७ महाबौद्धबाट पक्राउ गरेको हो ।  

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।