काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुले पनि रास्वपालाई भोट दिएको बताएका छन् । रास्वपाका महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले बालेनले राजा ल्याउँछ भनेर जनताले रास्वपालाई भोट दिइएको बताए ।
‘राजा चाहिन्छ भन्नेहरुको भोट पनि तपाईंहरुलाई छ । राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हुँदाहुँदै बालेनले राजा ल्याउँछ भनेर तपाईंहरुलाई भोट दिएका छन्,’ उनले भने ।
उनले रास्वपालाई विशिष्ट जिम्मेवारी भएको उल्लेख गर्दै जनताको विशष्टि चाहनालाई सम्वोधन गर्नुपर्ने बताए ।



प्रतिक्रिया