कतार ग्यास प्लान्ट विस्फोटमा नेपाली पनि घाइते


काठमाडौं, असार ९ । कतारको रस लाफान औद्योगिक क्षेत्रभित्रको ग्यास उत्पादन केन्द्रमा भएको विष्फोटमा नेपालीहरू पनि घाइते भएका छन् । विस्फोटमा परी १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको छ । आइतबार भएको घटनामा ६६ जनाभन्दा बढी घाइते भएका छन् ।

घाइते हुनेहरूमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बङ्गलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिक रहेका छन् । घाइतेहरूको नाम सार्वजनिक गरिएको छैन् । उपचार जारी रहेको छ । दोहास्थित भारतीय दूतावासले ‘एक्स’ मा पोस्ट गर्दै रस लाफान घटनामा १२ भारतीय नागरिकको ज्यान गएको पुष्टि गरेको छ ।