प्रतिनिधिसभामा चार वटा अध्यादेश प्रतिस्थापन विधेयक दर्ता

File Photo

काठमाडौं । प्रतिनिधिसभामा चार वटा अध्यादेश प्रतिस्थापन विधेयक दर्ता भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३’ प्रतिनिधिसभामा दर्ता गरेका छन् । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग( निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लगेका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छ्ता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३’ दर्ता गरेकी छन् । भूमि व्यवस्था, सहकारी, सङ‍्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘‘सहकारी (पहिलो संशोधन) विधेयक २०८३’ लगेकी छन् ।

संसद्को अधिवेशन नरहेका बेला सरकारले विभिन्न आठ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये चारवटा भने संसद्‍बाट स्वीकृत भएसँगै संसद्‍मा प्रतिस्थापन विधेयक दर्ता भएको हो ।