काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको भएको बताएका छन् ।
बुधवार काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
अध्यक्ष मगरले व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानव अधिकार हनन भएको भए त्यसको निगरानी राख्ने काम गर्न पनि सरकार लाई सचेत गराए ।
अध्यक्ष मगरले आयोगको मानव अधिकारको उल्लङ्घन गरेमा दोषीलाई कारबाही गर्नका लागि सरकारलाई आवश्यक निर्देशन दिने पनि गरिरहेको बताए ।
उनले भने ‘मानव अधिकारको संरक्षण, सम्वद्र्धन गर्ने काम सरकारको हो । सरकारले यसको व्यवस्था गर्नुपर्दछ । व्यवसाय सञ्चालन गर्दाखेरि कुनै किसिमबाट मानव अधिकार हनन हुन गएको छ भने त्यसको सरकारले निगरानी राख्नुपर्दछ । त्यसै गरेर व्यवसाय गर्ने विजनेसम्यानहरुले पनि आफ्नो बिजनेस सञ्चालन गर्दा मानव अधिकारको हनन हुन दिनु हुँदैन । त्यसको सम्मान गरेर कसरी अघि बढ्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर व्यवसायीहरूले अघि बढ्नुपर्ने हुन्छ । त्यसो भएन भने कसरी मानव अधिकार हनन भयो ? भन्नेकुराहरु आउँछ । त्यसमा आयोगले हेर्नुपर्ने हुन्छ ।’



प्रतिक्रिया