रास्वपा महाधिवेशन : फेरि सर्याे मतदानकाे समय,बेलुका ८:३० बाट मात्रै सुरु हुने


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत चौथोपटक निर्वाचन कार्यतालिका संशोधन गरेकाे छ । बुधबार दिउँसो रास्वपा निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पुन:संशोधन गरेको हो । 

आयोगका अनुसार बेलुका ८ः३० बजे पहिलो चरण (केन्द्रीय सदस्य)का निम्ति मतदान सुरु हुनेछ । मतदान सम्पन्न भएको दुई घण्टामा मतपरिणाम घोषणा गरिने जनाइएको छ । 

रास्वपाको महाधिवेशन आइतबारदेखि चितवनमा जारी छ ।