चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा पहिलो चरणमा भइरहेको ९९ केन्द्रीय सदस्य चयनका लागि पार्टी सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले केहीबेर अगाडि मतादान गरेको पार्टीका नेता मनीष झाले जानकारी दिए ।
रास्वपाका करिब ४२ सय मतदाता छन् ।
गएराति १२ बजेबाट मतदान सुरु भएको थियो । मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ ।
निर्वाचनमा ३७९ जना उमेदवारले आफ्नो उमेदवारी दर्ता गराएका छन् ।



प्रतिक्रिया