काठमाडौं । रास्वपा केन्द्रीय सदस्यको उम्मेदवार ज्वाला संग्रौलाले आफूमाथि षडयन्त्र रचिएको भन्दै आक्रोशित बनेकी छन् । मतपत्रमा आफ्नो परिचित नाम ‘ज्वाला’ नै गायब गरिएपछि उनी आक्रोशित बनेकी हुन् ।
उनले नाममा समेत राजनीती गरिएकोले निर्वाचन आयोगमा उजुरी दिएको जानकारी दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकि छन् ,‘नाममा समेत राजनीती गरिएकोले निर्वाचन आयोगमा उजुरी दिएकी छु।,’
उनले उम्मेदवारीको फारम भर्दा टिका संग्रौला (ज्वाला) लेखेकी थिइन् । तर, मतपत्रमा भने ज्वाला हटाएर टिका संग्रौला मात्रै राखिएपछि आफूमाथि षडयन्त्र भएको उनले बताएकी हुन् ।
‘मलाई सबैले ज्वाला भनेर चिन्नुहुन्छ । यो नाम मतपत्रमा नदेख्दा प्रतिनिधिहरुले मलाई भोटै नहालि आउनुभएछ । उहाँहरुले मलाई आएर भन्नभयो । पछि म आफैं भोट हाल्न जाँदा टिका संग्रौला मात्रै लेखिएको रहेछ । यो नामले मलाई धेरैले चिन्नुहुन्न । ममाथि सरासर षडयन्त्र भयो,’ उनले भनिन् ।



प्रतिक्रिया