रास्वपा महाधिवेशन: यी पदमा हुँदैछ दोस्रो चरणको चुनाव


काठमाडौं । रास्वपाको जारी महाधिवेशन ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि निर्वाचन सकिएलगत्तै दोस्रो चरणको तयारी थालेको छ।

प्रवक्ता मनिष झाका अनुसार ४ बजेबाट दोस्रो चरणको निर्वाचन थाल्नेगरी आयोगले काम गरिरहेको छ।

रास्वपाको सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन शाह सर्वसम्मत भइसकेका छन्।

दुई उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्री पदको लागि निर्वाचन हुने प्रवक्ता झाले बताए।

पहिलो चरणमा केन्द्रीय सदस्यका लागि भएको चुनावमा २९५९ मत खसेको थियो। ४३११ प्रतिनिधिमध्ये रहेको रास्वपामा १३५२ जना मतदानमा अनुपस्थित भए ।