प्रधानमन्त्रीको सचिवालयबाट आश्वासन पाएपछि चिया उद्योग खुले


विराटनगर । नेपाल चिया उत्पादक संघले असार १ र ४ गतेदेखि बन्द गर्दै आएको उद्योग पुनः सञ्चालन गर्ने छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले निर्यातको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्दै आश्वासन दिएपछि बिहीबारदेखि झापाका ३० वटा सीटीसी चिया उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजरका कारण नेपाली चिया भारत निर्यातमा अवरोध सिर्जना भएको थियो। निर्यात ठप्प भएपछि झापा र इलामका चिया उद्योगहरू संकटमा परेका थिए । सरकारले समयमै चासो नदेखाएको भन्दै संघले बाध्य भएर उद्योगहरू बन्द गर्ने निर्णय गरेको थियो।

तर, पछिल्लो समय नेपाल सरकारले चिया निर्यातमा देखिएका प्राविधिक समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न विशेष कार्यदल गठन गरेपछि व्यवसायीहरू सकारात्मक भएका हुन्।