विदेशमा हुने सबैले हाले स्वर्णिम वाग्लेलाई भोट


काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट डा.स्वर्णिम वाग्लेले शत प्रतिशत मत पाएका छन् ।

जारी महाधिवशेनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट १७० प्रतिनिधिमध्ये ४९ मत खसेको थियो । प्रवासबाट सर्वाधिक मत पाउनेमा स्वर्णिम वाग्ले एक्लो रहेका छन् ।

प्रवासका प्रतिनिधिले समेत मतदान गरिसकेकोले अबको केहीबेरमा मतपरिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ । रास्वपाको संशोधित विधानअनुसार १५८ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना मतदानबाट निर्वाचित हुने छन् ।