काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापतिमा सोविता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।
महिला उपसभापतिका लागि इन्दिरा रानामगर र समीक्षा बास्कोटाले पनि उम्मेदवारी घोषणा गरेका थिए । तर, सभापति रवि लामिछानेसँग छलफलपछि उनीहरु पछि हटेका छन् । उनीहरुले सोवितालाई समर्थन गर्नेगरि पछि हटेको स्रोतले जानकारी दियो ।
तोसिमा र सोविताले पछि नहट्ने अडान लिएपछि निर्वाचन गर्नुपर्ने भएको हो । सोवितालाई सभापति लामिछानेको उम्मेदवारका रुपमा र तोसिमालाई पछिल्लो समय बालेननिकट रहेको मानिन्छिन् ।



प्रतिक्रिया