एकै ठाउँमा १५ वटा अजिंगर भेटियो


बुटवल । रुपन्देहीको तिलोत्तमास्थित योगिकुटीमा रहेको नेपाल विद्यतु प्राधिकरणको सभ स्टेशनभित्र बिहीबार १५ वटा अजिंगर बच्चा भेटिएको छ । सर्प उद्दारकर्ता नविन पौडेल एकै ठाउँमा यति धेरै अजिंगर भेटिएको सम्भवतः पहिलो पटक रहेको बताए।

विगतमा वन जंगल रहेका ठाउँ घडेरीमा परिणत भएर घर बनेपछि सर्पको बासस्थान मासिँदै गएकाले सर्प बासस्थान खोज्दै घर(घर आउन थालेको सर्प उद्धारकर्ता नविन बताउँछन्।