महामन्त्रीकाे दाैडबाट पछि हटे जगदीश खरेल


चितवन । पूर्वमन्त्री जगदीश खरेलले रास्वपाको महामन्त्री पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिइएको जानकारी दिएका छन् ।

लामो बाटो तय गर्न बाँकी रहेको भन्दै सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको उनले जनाएका छन् ।

आज ५ जना पदाधिकारीको लागि महाधिवेशन प्रतिनिधिहरुले मत हाल्दैछन् ।

पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएकोले ५ पदका लागि मात्रै चुनाव हुन लागेको हो ।