काठमाडौं । आफ्नै दाइ २५ वर्षीय मनोज चौधरीको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहवाका २० वर्षीय विनोद चौधरी प्रक्राउ परेका छन् ।
आइतबार राति कुटपिट गरी मनोजको हत्या गरी फरार भएका विनोदलाई इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई कोहलपुर नगरपालिका–१५ गोहवाबाट सोमबार बिहान पक्राउ गरिएको हो । घट्नाबारे थप अनुसन्धान भएरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया