धनकुटा । साँगुरीगढी गाउँपालिका–६ कोलबोटेबाट करिब ७ सय ७५ किलोग्राम गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका–१ सान्ने घर भई सुनसरी इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवर रहेका छन् ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को।१ ख ४६३५ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा कुँवरलाई सोमबार बिहान पक्राउ गरिएको हो ।
ट्रकको ढालाभित्र प्लास्टिकमा सेतो टेपले प्याक गरेको २५ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक परीक्षणलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया