नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन : जनार्दन शर्मा


काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपालमा कम्युनिस्ट आन्दोलन जीवित नरहेको टिप्पणी गरेका छन् । सोमबार पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ सम्बन्धी पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

शर्माले कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक रहेको बताए ।

‘नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन । नेताहरू मात्र जीवित छन् । ७० प्रतिशत वामपन्थी, प्रगतिशील र देशभक्तहरूको जनमत थियो । अहिले विघटन भइसकेको छ । यसलाई पुनर्गठन गर्न नयाँ अभियानको आवश्यकता छ’, उनले भने ।

‘कम्युनिस्ट पार्टीको सन्दर्भमा आन्दोलन जीवित नरहेको उल्लेख गर्दै यसलाई पुनर्जीवन दिन पुनर्गठन आवश्यक रहेको उनको भनाइ छ ।