विराटनगर। कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक दिने भएको छ।
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको हो।
जेनजी आन्दोलनपछि कोशी प्रदेशका स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको थियो।
त्यस्तै आजको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृत गर्ने निर्णय गरेको छ।



प्रतिक्रिया