काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन् ।
६८ औं संसद दिवसको अवसरमा मङ्गलवार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै नेता आङदेम्बेले यस्तो बताएका हुन् । उनले जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई सङ्कटमा पार्न नहुने बताए ।
उनले सात प्रदेश र तीन तहको स्थानीय सरकारसहितको वर्तमान शासकीय ढाँचा नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गरे । कुनैपनि लहर, आवेग वा उत्तेजनाका भरमा संघियतालाई अनिर्णयको बन्दी बनाउन नहुने उनको भनाइ छ ।



प्रतिक्रिया