काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यको सूची सच्याइएको छ । यसअघि विजयी घोषित दुई उम्मेदवार केन्द्रीय समितिबाट बाहिरिएका छन् भने दुई जना नयाँलाई निर्वाचित घोषणा गरिएको छ ।
महाधिवेशनमा उम्मेदवारहरूबाट नै बढी मत ल्याए पनि कलस्टर मिलाउने क्रममा निर्वाचित नभएको गुनासो आएपछि आयोगले सूची सच्याएर केन्द्रीय सदस्यहरूको नाम हेरफेर गरेको हो।
सूची सच्याउने क्रममा आयोगले कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाएको छ । उनीहरूको स्थानमा ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्य बनाइएको छ ।सूची सच्याउने क्रममा आयोगले कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाएको छ । उनीहरूको स्थानमा ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्य बनाइएको छ ।








प्रतिक्रिया