असई हत्या प्रकरणमा एमाले नेता कोइरीलाई ५ वर्ष कैद


काठमाडौं, असार १७ । असई थमन विक हत्या प्रकरणमा एमाले नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी कोइरी महतो दोषी ठहर भएका छन् । उच्च अदालत जनकपुरले उनलाई ५ वर्ष कैद सजाय सुनाएको छ ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते सुनाएको फैसालामा हेरफेर गर्दै ५ वर्ष कैद सजाय सुनाएको हो । यस अघि जिल्ला अदालत महोत्तरीबाट सफाई पाएका कोइरीलाई उच्च अदालत जनकपुरले दोषी ठहर गरेको हो ।