मकवानपुर । निरन्तरको अविरल वर्षाका कारण मकवानपुरमा विद्युतको पोल ढल्दा सडक अवरुद्ध भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ सिर्पाली चोक नजिकै धरान–चतरा सडक खण्डमा बिजुलीका पोलहरू ढल्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
असोज ११ गते बिहान करिब ६ बजेको समयमा लगातारको वर्षाका कारण जमिन गलेर सडकको साइडमा रहेका सिमेन्टका १० वटा विद्युतका पोलहरू उक्किएर सडकमा ढलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सिर्पाली चोकबाट करिब ५०० मिटरको दूरीमा विद्युतका पोलहरू ढल्दा सडक पूर्ण रूपमा अवरुद्ध भई यातायात ठप्प भएको थियो ।
प्रहरीले नेपाल विद्युत प्राधिकरण हेटौंडासँग समन्वय गरी विद्युत प्राविधिक टोलीको सहयोगमा सडकमा छरिएका तारहरु काटेर हटाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेले जानकारी दिए ।




प्रतिक्रिया