आन्तरिक हवाई भाडामा कटौती, कहाँको कति ?


काठमाडौं, असार १७ । हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटेपछि भाडामा उल्लेख्य गिरावट आएको छ . नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानतर्फको इन्धन सरचार्जमा कटौती गरेको छ।

निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गरी आजैदेखि लागू गर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। नेपाल आयल निगमको असार १६ गतेको निर्णयअनुसार हवाई इन्धनको साबिकको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट ४० ले घटेर प्रतिलिटर २२९ रुपैयाँ कायम भएको थियो । सोही घटेको मूल्यका आधारमा प्राधिकरणले नयाँ इन्धन सरचार्ज दर स्वीकृत गरेसँगै भाडादरमा ठूलो गरावट आएको हो ।