बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त


काठमाडौँ । बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा‍.योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा लामो समय कार्यरत रहेका सिंह बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्त भएका हुन् ।

मन्त्रालयले गत वैशाख १५ गते अस्पतालको अध्यक्ष पदका लागि आवेदन माग गरेकोमा ८ जनाको आवेदन परेको थियो ।