काठमाडौँ । कैलालीमा नाबालिका बलात्कार आरोपमा १ जना पक्राउ परेका छन् भने अन्य दुई जना फरार रहेका छन्।
कैलालीको पुनर्वास नगरपालिका–१० भिमबस्तीकी १७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुनर्वास नगरपालिका–१० कै १९ वर्षीय रमेश ढाँट भन्ने राम ढाँटलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राम ढाँटसहित सोही स्थानका २३ वर्षीय दीपक खत्री र २३ वर्षीय भुरू बयाडी भन्ने गणेश बयाडीविरुद्ध उजुरी परेपछि इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको टोलीले बुधवार दिउँसो उनलाई पुनर्वास नगरपालिका–११ डोके बजारबाट पक्राउ गरेको हो।
घटनामा संलग्न भनिएका दीपक र गणेश फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया