मिनीबस कर्णाली नदीमा खस्याे

File Photo

काठमाडौं । दैलेखमा मिनीबस कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका ७ स्थित कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो ।

प्रहरीका अनुसार गाडी सडकबाट ४०० मिटर तल खसेको छ । घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।