मुग्लिन–नारायणगढ सडक सञ्चालनमा


काठमाडौं । मुग्लिन–नारायणगढ सडक पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ । बिहीबार मध्याह्न चितवनको जलवीरेनजिकै सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर दिउँसो करिब ३ः३० बजे बाटो पूर्ण रूपमा सञ्चालनमा ल्याइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।