काठमाडौँ । श्रीमती हत्या मुद्दामा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनका प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार उक्त आदेश दिएको हो।
प्रतिवादी विक्रम थापा मगर र सुजन थापा क्षेत्रीबाट जनही १ लाख धरौटी माग गर्ने आदेश अदालतले दिएको छ ।
गत २२ जेठमा थापाले ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेका थिए ।
गत जेठ २२ गते राति रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको थियो ।



प्रतिक्रिया