कांग्रेस नेता खड्काले बोलाएको आफूनिकट नेताहरूको बैठकमा के हुँदैछ छलफल ?


काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट नेताहरूको बैठक बोलाएका छन् । बैठक खड्का निवास गोल्फुटारमा दिउँसो २ बजेबाट बस्नेछ।

छलफलमा १४ओँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेता सहभागी हुने बताइउको छ । बैठकले काठमाडौंमा राष्ट्रिय भेलाको निर्णय गर्ने जनाइएको छ ।

खड्काले हालैमात्रै संस्थापन पक्षलाई ७ बुँदे जवाफ फर्काएका थिए । त्यसबारेमा पनि छलफल हुने जनाइएको छ ।