काठमाडौँ । दक्षिण कोरिया जाने नेपाली कामदारहरूका लागि भिसा शुल्कमा वृद्धि भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपिएस कोरिया शाखाले एक सूचना जारी गर्दै भिसा शुल्कमा ६०० रुपैयाँ वृद्धि गरिएको जानकारी दिएको छ ।
यसअघि भिसा शुल्क बापत १० हजार ७०० रुपैयाँ बुझाउँदै आएकोमा अबदेखि कामदारले ११ हजार ३०० रुपैयाँ बुझाउनुपर्नेछ ।
ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जानका लागि सीसीभीआई प्राप्त गरिसकेका व्यक्तिहरूले ईपीएस कार्यालयमा स्वयं उपस्थित भई फाराम बुझाउँदा नयाँ तोकिएको शुल्क बुझाउनुपर्नेछ ।




प्रतिक्रिया