सुधन गुरुङकै शैलिमा मधेश प्रदेशका गृहमन्त्री महतो: १० होटलकाे अनुगमन, चार होटललाई जरिबाना


जनकपुरधाम । संघीय सरकारको गृहमन्त्री सुधन गुरुङकै शैलिमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो उत्रिएका छन् । बिहीबार धनुषा जिल्लाका १० वटा होटल तथा रेष्टुरेन्टमा उनले अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा खाद्य स्वच्छता, सरसफाइ, सेवा प्रवाह तथा उपभोक्ता हितसम्बन्धी मापदण्ड पालना भए–नभएको विषयमा निरीक्षण गरिएको थियो ।

अनुगमनका क्रममा विभिन्न होटलमा कमजोरी र त्रुटि भेटिएपछि चार होटललाई नगद जरिबाना गरिएको छ भने अन्य होटललाई सुधार गर्न सचेत गराइएको छ ।

लक्ष्मीनियास्थित बाबाको ढाबा होटललाई ३५ हजार रुपैयाँ, ढल्केबरस्थित द रोयाल समराट होटललाई ५ हजार रुपैयाँ, जनकपुरस्थित बाजेको सेकुवा होटललाई ७५ हजार रुपैयाँ तथा बर्गर हाउसलाई ३५ हजार रुपैयाँ जरिबाना गरिएको मन्त्री महतोले बताए ।

यससँगै चारवटै होटलबाट कुल १ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।