काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफूहरूले उठाएको पैसा एक रुपैयाँ पनि दुरुपयोग नभएको बताएका छन् ।
दार्चुलामा झोलुङ्गे पुलको उद्घाटन गरेर काठमाडौं फर्किएका साम्पाङले आफ्नो पार्टीलाई क्यूआर पार्टी भनेर आलोचना गर्नेलाई जवाफ फर्काएका हुन्।
आफूहरूले उठाएको सहयोगको सबै हिसाब पारदर्शी भएको उनले दाबी गरे.।
‘त्यो भन्ने मान्छेले पनि सहयोग गरेको देखाओस् न। हावामा एक रुपैयाँ सहयोग गरेको छैन त्यसै भनेर हुन्छ। अब भन्दा सहयोग गरेको स्क्रिनसट राखेर देखाओस् न,’ उनले भने ।



प्रतिक्रिया