काठमाडौं । कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मायादेवी गाउँपालिका–७ रतनपुर बस्ने ३२ वर्षीय रमेश यादवको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको हो ।
यादव आफ्नै घरमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।



प्रतिक्रिया