सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन: हर्क साम्पाङ


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न नसकेको बताएका छन् । दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी शुक्रबार काठमाडौँ फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई यस्तो बताएका हुन् ।

सरकारले केही गर्ने कोसिस गरे पनि जनताले महसुस गर्ने गरी परिणाम दिन नसकेको उनले बताए । सरकारले सय दिनमा गरेका कामहरूको जनताले महसुस गरेजस्तो आफ्नो अनुभूति नरहेको उनको भनाइ छ ।

‘कोसिस उहाँहरूले गर्नुभएको हो । तर रिजल्ट चाहिँ जनतालाई त्यति महसुस भएको छैन । रिजल्ट भएको महसुस हुनुपर्दछ । महँगीहरू धेरै भयो । अब महँगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको थियो । म दार्चुला हुँदा देखेको थिएँ त्यता आमसञ्चार छैन । अब हेर्न पनि पाइँदैन । पेट्रोलको भाउ अलि घट्यो रे भन्ने छ ,’ उनले भने ।