काठमाडौँ । सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा १० हजार भन्दा बढी सहयोग गर्नेलाई प्रमाणपत्र दिने भएको छ ।
अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै सहयोग गर्नेहरूलाई अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले हस्ताक्षर गरेको धन्यवाद ज्ञापन प्रमाणपत्र तयार पारिएको जनाएको छ । सरकारले गत २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको छ ।
मन्त्रालयद्वारा जारी सूचना अनुसार, कतिपय योगदानकर्ताहरूको स्पष्ट ठेगाना र फोन नम्बर उपलब्ध नभएका कारण उक्त प्रमाणपत्रहरू सम्बन्धित व्यक्ति वा संस्थासम्म पुर्याउन कठिनाइ भएको जनाएको छ ।
यसर्थ, १० हजार रुपैयाँभन्दा बढी योगदान गर्ने इच्छुक दाताहरूलाई सिंहदरबारस्थित अर्थ मन्त्रालयको जिन्सी शाखामा सम्पर्क राखी आफ्नो प्रमाणपत्र प्राप्त गर्न मन्त्रालयले अनुरोध गरेको छ ।




प्रतिक्रिया