दिल्लीबाट घर फर्किंने क्रममा कारको ठक्करबाट दुई नेपालीको मृत्यु


काठमाडौं ।  भारतको राजधानी दिल्लीबाट घर फर्किंने क्रममा कारको ठक्करबाट दुई जना नेपालीको मृत्यु भएको छ। 

उत्तराखण्ड राज्यस्थित उधमसिंह नगरको नानकमत्ता क्षेत्रअन्तर्गत बिडोरा–मझोला मार्गमा भारतीय कारले ठक्कर दिँदा दुई नेपाली युवाको मृत्यु भएको हो। 

दुर्घटनामा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-८ का राहुल चदारो र दोधारा चाँदनी नगरपालिका-९ का कमल खड्काको मृत्यु भएको हो। 

भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार शुक्रबार तीव्र गतिमा रहेको कार र मोटरसाइकल आपसमा ठोकिएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि सामुदायिक स्वास्थ्य केन्द्र सितारगन्ज लगिएको थियो। तर दुवैलाई चिकित्सकले मृत घोषणा गरे।  

शव त्यही अस्पतालमा राखिएको छ। मृतकका आफन्त शव बुझ्न शनिबारभारत जाँदै छन्।