यी हुन् १०० दिनमा भूमि मन्त्री रावलले गरेकी ४८ काम(सूचिसहित)


काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला र तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले १०० दिन कार्यप्रगति सार्वजनिक गरेकी छन्। मन्त्रालयले ४८ कामको सूची सार्वजनिक गरेको हो।

सरकार गठनका सय दिनमा सम्पन्न विभिन्न ४८ कामको सूची सार्वजनिक गर्दै मन्त्रालयले २९ वटा लालपुर्जा वितरण गरिएको जनाएको छ । सम्पन्न भएका कामको सूचीमा भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई २९ वटा लालपुर्जा वितरण गरिएको उल्लेख छ ।

कामको सूचीमा २२३ रिक्त तथा निमित्तको भरमा रहेका पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइएको, सहकारीका १७५४ साना बचतकर्ताको २ करोड ६३ लाख रकम फिर्ता गरिएको, १५४ जना ऋणीबाट ४ करोड ३२ लाख ८२ हजार ३१० ऋण असुली भएको उल्लेख छ।

कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाइएको, बालुवाटार स्थित प्रधानमन्त्री निवास रहेको जग्गा नेपाल सरकारको नाममा ल्याइएको, मालपोत र नापी कार्यालयमा सेवाग्राही बाहेक अनधिकृत व्यक्ति प्रवेशमा रोक लगाइएको, तीनवटा प्रदेश ९बागमती, गण्डकी र मधेस० मा निजामती अस्पतालको सेवा विस्तार, सिंहदरबार परिसरबाट निजामती अस्पतालको सेवा एकाइ स्थापना गरी सेवा सुरु गरेको लगायत विषय उल्लेख छ।