ओलीले भने -‘हामीले धक्का खाएका छौं, तर उठ्छौं’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू अहिले अप्ठेरो परिस्थितिमा रहेको बताएका छन् ।

सनिबार एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामी कठिनाइमा छौं । यतिबेला कठिनाइमा छौं । कठिनाइ भनेको जीवनमा आइपर्ने चिज हो । निर्जिव तत्वलाई कहिल्यै कठिनाइ पर्दैन,’ ओलीले भने, ‘हाम्रो पार्टीलाई कठिनाइ आएको छ भनेको हामी जीवित छौं । हामीले धक्का खाएका छौं । हामी पछारिएका हौंला तर हामी जीवित छौं । हामी उठ्छौं । हामी प्रतिवाद गर्छौं । हामी प्रतिरोध पनि गर्छौं,’ उनले भने ।

उनले थुप्रैपटक आफ्नो पार्टीमाथि हमला भएको भन्दै त्यसबारे बुझ्न आग्रह गरे ।